कम्प्युटरमा आउने समस्या र त्यसका समाधानहरु

आजको यो प्रबिधीको युगमा कम्प्युटर मानव जीवनको अपरिहार्य साधन बनिसकेको छ । प्रबिधीले फड्काे मार्दा याे बिनाकाे जीवनकाे परिकल्पना गर्नै गाह्राे हुने अवस्था सृजना भइसकेकाे पनि यथार्थ हाे । हाम्राे दैनिक जीवनमा यसलाइ बिभिन्न कार्यका लागि हामी प्रयाेगमा ल्याउछाै । जसले हाम्राे जीवनशैली सरल एवम् सहज पनि बनाएकाे छ । दशाै मानिसले गर्न सक्ने काम कम्प्युटरद्वारा एक्लै बिना भाेक, थकाइ गर्ने भएकाले पनि याे बढी चर्चामा हुने गर्दछ । मानिसले गर्ने गल्तीलाइ पनि यसले सुधार्न मद्दत गर्ने भएकाले कम्प्युटर हामी माझ अति नै लाेक प्रिय साधन हाे । तर कहिलेकाही यही साधन सही ढंगले काम नगरी दिदा हामीले धेरै कठिनाइकाे सामना गर्नुपर्दछ ।

जसरी हामी बिरामी पर्दा हाम्राे शरीरले राेगसँग लड्नका लागि राेग प्रतिराेधात्मक शक्ति प्रयाेग गर्छ, त्यस्तै कम्प्युटरले पनि हाम्राे शरीरकाे जस्तै कार्य गर्ने गर्दछ किनकी जब कुनै बेला कम्प्युटरमा समस्या अाउछ । तब कम्प्युटर पुरै बन्द भएर समस्या समाधान नहुदा सम्म काम गर्न नसकिने अवस्थामा हुन्छ । वास्तवमा कम्प्युटरमा समस्या अाउने अनेकाै कारणहरू हुन्छन् । जसमा पावर सप्लाइकाे समस्या देखि लिएर भाइरसकाे समस्या सम्म अाउदछन् ।

कम्प्युटरमा समस्या बिशेषगरी २ किसीमकाे हुने गर्दछ ।

  • कम्प्युटरकाे हार्डवेयरमा अाउने समस्या
  • कम्प्युटरकाे सफ्टवेयरमा अाउने समस्या

कम्प्युटरकाे हार्डवेयरमा अाउने समस्या र सफ्टवेयरमा अाउने समस्या वेग्लावेग्लै हुन्छ। यी दुवैले हामीलाइ पिराेल्नु पिराेल्छ पनि । तर फरक यति मात्र हाे की, हार्डवेयरमा अाउने समस्याले कम्प्युटर खुल्दै खुल्दैन भने सफ्टवेयरमा अाउने समस्याले कम्प्युटर खुल्छ तर काम गर्न चाहि सकिदैन । त्यसैले यदि कम्प्युटर खुल्छ तर सफ्टवेयर वा प्राेग्रामहरू चाहि चलाउन असाध्यै गाह्राे हुन्छ भने याे सफ्टवेयर सँग सम्बन्धित समस्या हाे । जस अन्तर्गत भाइरस लाग्नु, अनावश्यक फाइल धेरै हुनु, हार्ड डिस्क पुरै भरिनु, हार्ड डिस्कका फाइलहरू अनावश्यक रूपमा छरिएर रहनु अादि हुन्छन् तर हार्डवेयरसँग सम्बन्धीत समस्या हुदा चाहि मुख्य उद्देश्य नै कम्प्युटरलाइ सकुशल खाेल्नु नै हुन्छ ।

[There are hundreds of reasons why a PC won’t boot up. The issues can range from power supply failure to virus infection. ]