क्यालेन्डर शब्दकाे इतिहास

एक पटक हामी साेचाै त !

यदि तपाइ एउटा पर्वतकाे शिखरमा बनेकाे महलमा अानन्दका साथ बस्नुभएकाे छ, तर त्यहा वार, गते, महिना र सालकाे जानकारी दिने कुनै साधन छैन । तपाइसँग मिति पत्ता लगाउने कुनै साधन नहुदा के गर्नुहुन्छ ? सुर्य पुर्वबाट उदाउछन्, अनि पश्चिममा अस्ताउछन् । उज्यालाे हुन्छ, अध्याराे हुन्छ । याे क्रम दाेहाेरिरहन्छ तर तपाइलाइ यकिन गरेर कुन मिति हाे भनेर पत्ता लगाउन लगभग असम्भव नै हुन्छ । याे कसरी सम्भव हुन्छ त? के तपाइ दिन मात्रै गन्दै समयकाे, माैसमकाे याद गर्नुहुन्छ ?

याे त भए कल्पनाका कुरा । वास्तवमै हामीलाइ हरेक क्षण तिथिमितिकाे अत्यन्तै अावश्यक पर्दछ। यदि याे हाम्राे विश्वमा सात वार, बाह्र महिना अनि वर्षकाे व्यवस्था नभए के हुन्छ त? यस्ता तिथि मितिका पद्दतीहरू नभएमा मानव जीवनमै कार्य सम्पादन तालिका मिलाउन हामीलाइ अत्यन्तै कठिन हुन्छ ।

समय एउटा गतिशील बिषय हाे । यस गतिशील समयकाे चक्र घुम्दै जादा सेकेन्डबाट मिनेट, मिनेटबाट घण्टा, घण्टाबाट दिन, दिनबाट हप्ता, हप्ताबाट महिना र महिनाबाट वर्षमा परिवर्तित भइरहन्छ ।

जसरी हामी समान अन्तर भएकाे कुरालाइ समानान्तर भन्दछाै, एक देशबाट अर्काे देश बीच सर्ने प्रकृयालाइ देशान्तर भन्दछाै । एउटा भव बाट अर्काे भवमा सर्ने प्रकृयालाइ भवान्तर भनिन्छ । यसरी एउटा समयबाट अर्काे समयमा सर्ने प्रकृयालाइ समयान्तर अर्थात कालान्तर भन्दछाै । हाे, पहिले हामी कालान्तर शब्द प्रयाेगमा पनि ल्याउथ्याै । याे कालान्तर शब्द संस्कृत शब्द हाे । यसर्थ समय समयमा हुने परिवर्तनकाे जानकारी लाइ पनि हामी कालान्तर भन्न सक्दछाै । याे हाम्राे नेपाली ज्याेतिष बिज्ञानकाे उद्गम भनेकाे बनारस नै हाे । बिशेषतः हिन्दुहरूले मान्ने ज्याेतिष बिज्ञान पनि भारतबाटै अायातित नै हाे । यसमा हामी बीच हुने सांस्कृतिक एवम् धार्मिक समानता बिशेष कारक तत्वलाइ मान्न सकिन्छ ।

इतिहासका पानाहरू केलाउदै जाने हाे भने यही ज्यातिष बिज्ञानकाे प्रसिद्धी यसकाे उद्गम स्थल भारतबाट अरव हुदै युराेप सम्म पुगेकाे अनुमान बिभिन्न विद्वानहरूले लगाउदै अाएका छन् । भाषाकाे उच्चारण एवम् शब्दकाे बनाेटलाइ केलाउदै हेर्ने हाे भने यसलाइ सही मान्न पनि सकिन्छ । बिशेषगरी युराेपियन देशहरूमा ‘त’, ‘ट’,’ड’ अादि अक्षरकाे उच्चारणमा अधिक कठिनाइ हुने गर्दछ । त्यसैले त्यहाका मानिसहरूलाइ ‘त’, ‘ट’,’ड’ जस्ता अक्षरहरूलाइ उच्चारण गर्न नै अाउदैनथ्याे । त्यसैले उनीहरूले यसकाे ठाउमा ‘द’ अक्षर उच्चारण गर्न थाले । जसले गर्दा यता भारतबाट गएकाे ‘कालान्तर’ शब्द पनि ‘कालान्दर’ हुन गयाे । जुन कालान्तर शब्द हामीले यता हाम्राे पुर्वीय सभ्यतामा सही उच्चारण सहित व्यवहारमा पनि ल्याइरहेका थियाै त्याे उता अप्रभम्स हुदै ‘क्यालेन्डर’ शब्दकाे रूपमा फेरि हाम्रै लागि एउटा अागन्तुक शब्द काे रूपमा नया जीवन पायाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POST

हातैले वर्ग निकाल्ने तरिका

कुनै पनि संख्याकाे वर्ग निकाल्नकाे लागि, साेही संख्याले गुणन गरेमा वर्ग संख्या पत्ता लाग्दछ । यसका लागि हामीले क्यालकुलेटरकाे सहायता…