वेवसाइट बनाउदा ख्याल गर्नुपर्ने कुराहरू

सर्वप्रथम हामीले बुझ्नुपर्ने कुरा के हाे भने, हाम्राे व्यापार/व्यवसायलाई स्थानीयबाट क्षेत्रीय, राष्ट्रिय एवम् अन्तरास्ट्रिय स्तरमा चिनाउन वेबसाइटले मद्दत गर्छ । यसका लागि वेवसाइटलाइ स्तरीय बनाउन जरूरी हुन्छ । यसका लागि वेवसाइटमा भएका कुराहरू अरू वेवसाइटबाट हुबहु सारिनु हुदैन । वेवसाइटलाइ प्रभावकारी बनाउनका लागि बेला बेलामा वेवसाइटकाे प्रभावकारीता जाँच गरिरहनुपर्दछ । जसका लागि गुगलमा business मा Add गर्नुपर्छ र त्यसमा वेवसाइटलाइ पनि जाेड्नु पर्दछ । वेवसाइटलाइ बढी महत्वका साथ facebook, twitter का साथै अन्य social media हरूमा प्रचार गर्नुपर्दछ । आजको यस समयमा प्राय जसाे सबैकाे हात हातमा स्मार्ट फाेन हुने गर्दछ ।  तसर्थ हामीले हाम्राे वेवसाइटमा सकेसम्म सबैजसाे महत्वपूर्ण कुराहरू समेटेर राख्नुपर्दछ । एक पटक वेवसाइट बनाइसकेपछि बर्षाैबर्षसम्म केही नगरी बस्दा वेवसाइटकाे उपयाेगीताका बारेमा गलत धारणा सृजना हुन सक्छ । त्यसैले वेवसाइट बनाउदा भविष्य सम्म त्यसका लागि गरिने कार्यहरू साेचेर अघि बढ्दा राम्राे हुन्छ । 

सामान्यतया एउटा वेवसाइट बनाएपछि शुरूमा आफ्नो वेवसाइट सुहाउदाे domain खाेज्नुपर्दछ ।  नेपालकाे हकमा पछाडी .np राखिएकाे र नराखिएकाे वेवसाइट प्रचलित छन् । जसमध्ये .np पछाडी रहेका वेवसाइटकाे domain निशुल्क प्राप्त गर्न सकिन्छ, त्यसका लागि register.com.np मा गएर आवश्यक document हरू submit गरेर पाउन सकिन्छ भने पछाडी .np नभएका domain हरूकाे लागि बार्षिक रूपमा शुल्क तिर्नुपर्ने हुन्छ ।

domain दर्ता गरिसकेपछि हामीलाइ हाम्राे व्यवसाय सम्बन्धीत कुराहरू राख्नकाे लागि केही web/cloud space हरू आवश्यक पर्दछ । याे  web/cloud space भन्नाले हामीले online मा कुनै निश्चित कम्प्युटरकाे हार्ड डिस्क भाडामा लिएर हाम्रा कुराहरू देखाउन खाेजेकाे जस्तै हाे । तसर्थ यसमा पनि बार्षिक रूपमा शुल्क तिर्नुपर्ने हुन्छ । 

तत्पश्चात हाम्राे अन्तिम काम भनेेकाे वेवसाइट बनाएर सबैले देख्ने गरी publish गर्ने हुन्छ। यसका लागि दक्ष programmer काे सहायताले कार्य सम्पन्न गरिन्छ । यसमा पनि हामीले पारिश्रमिक शुल्क छुट्याउनु पर्ने हुन्छ र अर्काे बर्ष हामीले सहमतिमा वेवसाइट बनाउने कम्पनी वा व्यक्तिलाइ सेवा शुल्क दिनुपर्ने हुन्छ । तर कहिलेकाही सेवा शुल्क नलिने सहमति गरेर काम अघि बढाउन पनि सकिन्छ । साथै .np नभएकाे domain र hosting space प्रत्येक बर्ष renew गर्नुपर्दछ ।