हातैले वर्ग निकाल्ने तरिका
कुनै पनि संख्याकाे वर्ग निकाल्नकाे लागि, साेही संख्याले गुणन गरेमा वर्ग संख्या पत्ता लाग्दछ । यसका लागि हामीले क्यालकुलेटरकाे सहायता बिना पनि वर्ग निकाल्न सक्दछाै । याे बिशेषतः दशमलवमा हिसाव नगर्दाकाे अवस्थामा सहजै वर्ग निकाल्ने तरिका हाे ।
सामान्यतया हामी साना साना संख्याकाे वर्ग त सहजै निकाल्न सक्दछाै ।
जस्तै २ x २ = ४,
३ x ३ = ९ आदि ।
जब, संख्या ठुलाे हुन्छ, तव हामी लाई वर्ग निकाल्न कठिन हुन जान्छ। जसकाे समाधान स्वरूप तल दिइएकाे उपाय अपनाउन सकिन्छ।
कुनै पनि संख्याकाे वर्ग निकाल्नकाे लागि उक्त संख्यालाई एउटा यस्ताे अंकले जाेड र घटाउ गर्ने जुन अंकले वर्ग निकाल्नु पर्ने अंकलाई जाेड्दा वा घटाउदा एक पटक अन्तिम अंक शुन्य आओस्।
यसरी जाेड र घटाउ गरेर आएको अंकहरूलाई गुणन गर्ने, र अघि जोड र घटाउ गरेको साझा सानो अंकको वर्ग निकाल्ने र दुवै अंक जोड्ने। यसरी आएको अंक नै हामीले निकाल्न खोजेको वर्ग संख्या हो ।
जस्तैः २७ काे वर्ग निकाल्नु पर्नेछ भने उक्त २७ लाई एक पटक ३ जाेड्ने एक पटक ३ घटाउने, यसाे गर्दा हामीले जाेड गर्दा अन्तिममा शुन्य अंक भएकाे ३० पाउछाै भने घटाउदा २४। अब उक्त २४ र ३० लाइ एक आपसमा गुणन गर्ने, त्यस पछि साझा अंक ३ को पनि वर्ग निकाल्ने जुन ९ हुन्छ। अव २४ र ३० को गुणनफल ७२० र ३ को वर्ग ९ लाई एकआपसमा जोडिदिने, जुन ७२९ हुन्छ, सोहि अंक नै २७ को वर्ग हो ।